इरानी जनरल मारिएपछि ह्वात्तै बढ्यो तेलको मूल्य - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

इरानी जनरल मारिएपछि ह्वात्तै बढ्यो तेलको मूल्य



एजेन्सी- अमेरिकी आक्रमणमा इरानी सेनाको जनरल मारिएपछि अन्तर्राष्ट्रिय जगतमा तेलको मूल्य बढेको छ ।

अमेरिकी तेल कम्पनीको शेयरमा गिरावट आएको छ । विश्लेषकहरुले अमेरिकी आक्रमणपछि क्षेत्रिय तनाब बढ्न सक्ने र विश्व तेल उत्पादनमा असर पर्ने चेतावनी दिएका छन् ।

पूरै विश्वमा ३० प्रतिशत तेल मध्यपूर्वबाट आउंछ, जसमा इरानको दबदबा छ । अमेरिकी तेल बजारमा मूल्य वृद्धि भए राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पलाई घाटा हुन सक्ने विश्लेषण गरिएको छ ।

इराकको राजधानी बग्दादनमा अमेरिकी मानवरहित विमान आक्रमणमा इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएका थिए ।

इरानका शक्तिशाली ६२ वर्षिय सैन्य जनरल सुलेमानी मध्यपूर्वमा तेहरानको महत्वकांक्षा कार्यान्वयन गर्ने रणनीतिक योजनाकार मानिन्थे ।

अमेरिकी राष्ट्रपति ट्रम्प युद्ध शुरु गर्न नभई बन्द गर्न सुलेमानीमाथि आक्रमण गरिएको प्रतिक्रिया दिए ।

पेन्टागनले आक्रमणलाई प्रतिरक्षा कदम भनेको छ । इरानले आक्रमणलाई अन्तर्राष्ट्रिय आतंकवादको संज्ञा दिंदै कडा बदला लिने चेतावनी दिएको छ ।

सन् २०१८ मा इरानसंगको पारमाणिक सम्झौताबाट अमेरिका बाहिरिएपछि दुई मुलुकबीच तनाब शुरु भएको थियो ।

अमेरिकाले इरानविरुद्ध पूनः प्रतिबन्ध लगाउदा इरानी अर्थव्यस्था डामाडोल बन्न पुगेको थियो ।