‘न्यानो बाँड्दै नेपाली सेना’ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

‘न्यानो बाँड्दै नेपाली सेना’



गौशाला, पुस २३ गते । महोत्तरी जिल्लामा विगत केही दिनदेखि अत्यधिक जाडो भइरहेकोले नेपाली सेनाले जिल्लाका विभिन्न गाविसमा न्यानो बाँडेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट रैफल गणले जिल्लाको विभिन्न गाउँमा दाउरा बाल्नुका साथै चिया वितरण गरेर न्यानो बाँडेको हो ।

नेपाली सेनाले जिल्लाको सीमावर्ती गाविस मटिहानीसहित त्यस क्षेत्रका अन्य गाउँमा पनि सार्वजनिक स्थानमा सर्वसाधारणलाई जाडोबाट बचाउन दाउरा बालेका छन् भने त्यहाँका सयौँ व्यक्तिलाई तातो चिया खुवाएको गणपति युवधिरमान सिंह अधिकारीले बताउनुभयो ।

त्यसैगरी सेनाले जिल्ला सदरमुकाम जलेश्वरको दुर्गाचौक, शङ्करचौक, बुद्धिजीवी चौकलगायत स्थानमा पनि दाउरा बाल्नुका साथै चिया बाँडेको थियो । रासस