नुवाकोटका वडा अध्यक्ष तामाङ्गद्वारा भारतमा सञ्चालित कोठीबाट एक महिलाको उद्धार - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

नुवाकोटका वडा अध्यक्ष तामाङ्गद्वारा भारतमा सञ्चालित कोठीबाट एक महिलाको उद्धार



नयाँ दिल्ली 

मानव बेचबिखन तथा ओसारपसार अभियोगमा कारागार जीवन भोगिरहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १का वडा अध्यक्ष सुनबाहदुर तामाङ्गको पत्नीद्वारा भारतको जी.बी रोडमा सञ्चालित कोठा नं ६४ को दोस्रो तल्लामा रहेका ३५ जना नेपाली मध्यबाट एक नेपाली महिलाको उद्धार गरिएको छ ।

२ महिना पहिला विवाहको नाटक गरी परिवर्तित नाम (कुसुम)लाई मुख्य दलाल सुनिल थापा, भारतीय अर्को दलाल रमेश ठाकुरद्धारा ३०/३५ हजारमा फरक फरक व्यक्तिसँग बेचिन पुगेकी थिईन  ।अन्त्यमा जी.बी रोड कोठा नं ६४ को दोस्रो तल्लामा बेचिएर थुप्रै ग्राहकलाई सन्तुष्ट बनाउनुपर्ने घृणित काम गर्न बाध्य बनाएको उनि बताउछिन , यो नर्क, दुःख कष्ट र पीडाबाट के.आई. नेपालको सहयोगमा उम्कन सफल हुन्छु र छिट्टै नेपाल फर्की परिवारसँग भेट्न पाउँछु भनेर सोचेको सम्म पनि थिइन् उनले खुसीका आशु झर्दै सुनाईंन ।

भारतको विहारमा अनेकौँ दुःखसँगै नशालु औषधीको सेवन गराइ एक महिनासम्म शारीरिक, मानसिक यातना दिई अन्त्यमा भारतको जी .बी रोडमा बेचेर दैनिक यौन धन्दामा लाग्नु मेरो दैनिकी थियो । ग्राहकले भने बमोजिम नमान्दा भोग्नु परेका दुःख सम्झँदा लाग्छ अहिले पुर्नजम्म पाएकी  छु  ।

उनले थपिन मसँग विवाहको नाटक गरी मेरो यस्तो हालत बनाउने मानसिक, शारीरिक र सामाजिक यातना दिने दलाललाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सके म जस्तै कयौँ चेलीहरूले यो नारकिय जीवन भोग्न बाध्य हुनु पर्दैन थियो ।

भारतको चार ठाउँमा कोठी संचालनगरी २५० आफ्नै गाउँघरका महिला तथा बालिकाहरूलाई विभिन्न प्रलोभनमा पारी भारतमा बेचेर यौन धन्दामा लगाइ नारकीय जीवन भोग्न बाध्य बनाएका सुनबाहादुर तामाङ्गकोे कोठीबाट नेपालगन्ज घर भएकी महिलालाई उद्धार गरी नेपाल ल्याउने तयारी गरिएको भारत प्रतिनिधि नविन जोशीले बताए   ।