नुवाकोटमा एम्बुसमा परेर बाच्न सफल भएका काँग्रेसका युवा नेता मिश्रले ग्रयाण्डी हस्पिटलबाट दिए यस्तो सन्देश। - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नुवाकोटमा एम्बुसमा परेर बाच्न सफल भएका काँग्रेसका युवा नेता मिश्रले ग्रयाण्डी हस्पिटलबाट दिए यस्तो सन्देश।



काठमाडौँ/ मङ्सिर ४ ।

नुवाकोटको ककनी गाँउपालीका ५ को मजुवा चियावगन अगाडि हिजो भएको बम विस्फोटबाट घाइतेहरुको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।यसरी अनुहार तथा शरीरमा बमको छर्रा लागेर घाइते भएका उपेन्द्र मिश्रको स्वास्थ्य सामान्य बन्दै गएको अस्पतालले जनाएको छ । बम विस्फोटबाट घाइते भएका मिश्रको तस्बिर हिजो र आज सामाजिक सञ्जालहरुमा भरिएको छ । अहिले सम्म भएको विस्फोट भन्दा जटिल उक्त घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोग सहित धेरै मानवअधिकारबादी संस्थाहरूले विरोध गरिरहेका छन् ।

अस्पतालमा उपचारर्थ मिश्रले फेसबुक मार्फत आफूलाई उद्धार र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस्ता घटनाबाट विचलित नभई चुनावी अभियानमा लाग्न सबै काँग्रेसीहरूलाई आग्रह गरेका छन् । मिश्रले फेसबुकमा लेखेका छन् “मेरो स्वास्थ्यमा क्रमिक सुधार हुँदै छ समयमा नै उद्धार,प्राथमिक उपचार एवम् उपचारको प्रबन्ध मिलाउने तथा स्वास्थ्य लाभको कामना गर्नु हुने सबैलाई धन्यवाद दिन चाहन्छु साथै यस्तो आतंककारी आततायी घटना बाट कत्ति पनि विचलित नभइकन चुनावी अभियानमा लाग्न नेपाली काङ्ग्रेस नुवाकोटको साथीहरूलाई आग्रह गर्दछु ।”

ककनी गाँउपालीका ७ चतुरालेमा हुन लागेको चुनावी सभालाई सम्बोधन गर्नका लागि हिडेको पूर्व मन्त्री एवं नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेद्धवार डा. रामशरण महत, प्रदेश सभा ख का उम्मेद्धवार रमेश महत सहित नेता र कार्यकतालाई लक्षित गदै बम विस्फोट गराँउदा विद्यार्थी नेता उपेन्द्र मिश्र सहित पाँच कार्यकर्ता घाइते भएका थिए।नेता महतलाई लक्षित गरी राखिएको एम्बुस विस्फोट हुँदा मिश्र चढेको बा १६ प ६६५ नम्बरको जिप ध्वस्त भएको थियो ।