नेपाल टेलिभिजनको गाडी तोडफोड - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेपाल टेलिभिजनको गाडी तोडफोड



ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित बखुण्डोल जाने बाटोमा नेपाल टेलिभिजनको बा १ ञ १९९८ नम्बरको गाडी तोडफोड भएको छ।

प्रहरीले तोडफोडमा संलग्न ३ जनालाई बिहीबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं तिनकुने सुबिधानगर बस्ने सुर्खेत घर भएका २३ वर्षीय क्षितिज देबकोटा, ललितपुर पुल्चोक नटवल घर भएका १९ वर्षीय निश्चल श्रेष्ठ र ललितपुर कुमारीपाटी बस्ने दाङ तुलसीपुर घर भएका २० वर्षीय सचिन चौधरी छन्।

नेपाल टेलिभिजनको गाडीको अगाडिको शिशा फुटाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले तोडफोडमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।