नेपाल टेलिकम: नयाँ वर्षमा मालामाल अफर ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल टेलिकम: नयाँ वर्षमा मालामाल अफर !



नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराउने भएको छ ।

उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १५ गते सम्म लिन सकिने छ । यी हुन् टेलीकमले उपलब्ध गराउने प्याकहरु

१. ह्याप्पी विकेन्ड प्याक
जीएसएमरसीडीएमए प्रिपेड–पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ ।

२. अनलिमिटेड जीएसएम–सीडीएमए नाइट डाटा प्याक
जीएसएम–सीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम–सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

डाटा खरिद गरेको एक दिन सम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजीरफोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने छ ।

३. एडीएसएल भोलुम बेस्ड प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

४– एडीएसएल अनलिमीटेड प्याकेज
नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने छ ।

विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गर्नु पर्नेछ । त्यसैगरी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । माथि उल्लेख गरिएका सबै दरहरु कर समावेस गरिएका छन् ।