यस्तो छ टेलिकमको गजबको नयाँ अफर - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

यस्तो छ टेलिकमको गजबको नयाँ अफर



काठमाडौँ-नेपाल टेलिकमले कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘रिपब्लिक डे अफर २०७६’ अफर सार्वजनिक गरको छ।

टेलिकमले भोलि मंगलबार अर्थात् जेठ १४ गतेबाट लागु हुने गरी अफर योजना ल्याएको हो।

अफर योजना अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराउने भएको छ।

सो अफर ग्राहकले जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ।

यस योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ।

सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ।

छुट प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्नेछ ।