देउवा र सिटौला पक्षका नेविसंघको ग्याङ्ग फाइट: दुई घाइते - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

देउवा र सिटौला पक्षका नेविसंघको ग्याङ्ग फाइट: दुई घाइते



काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समुहबीच झडप भएको छ।

सोमबार दिउँसो अनसन बसिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी कुन्दनराज काफ्ले समुहमाथि सभापति शेरबहादुर देउवा पक्षका नेविसंघ विद्यार्थीले आक्रमण गरेका हुन्।

केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए।

त्यसलगत्तै अनसनरत विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेको जनाइएको छ।

अनसनरत विद्यार्थीमाथि आक्रमण देउवा समुहले आक्रमण गरेको बताइएको छ । सिटौला समुहका कमल पन्त र लक्ष्मी बोगटी घाइते भएका छन् ।

घाइतेहरूको स्टार अस्पतालमा उपचारका भैरहेको बताइएको छ ।

देउवा समुहका विद्यार्थी मनोज बैद्यलगायतले आक्रमण गरेका हुन्। दुई पक्षबीच झडपमा इँटा र गमला हानाहान भएको थियो।