दशैँ बिशेष कार्यक्रम गर्दै एनआरएन साउथ अस्ट्रेलिया - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

दशैँ बिशेष कार्यक्रम गर्दै एनआरएन साउथ अस्ट्रेलिया



साउथ अस्ट्रेलिया।

गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अस्ट्रेलियाले दशैं टिका ग्रहण कार्यक्रम आयोजना गर्ने भएको छ। बडा दशैं कै दिन जमरा वितरण र टिका कार्यक्रम आयोजना गर्न लागेको एनआरएन साउथ अस्ट्रेलिया कि सचिब डोल्कर गुरुङले बताईन। बिशेष गरि बिद्यार्थी , नवआगन्तुकहरु सबैले दशैंमा मान्यजन बाट टिका लगाउने अवसर पाउन भनेर कार्यक्रम आयोजना गरिएको गुरुङले जानकारी दिईन ।

कार्यक्रमको बारेमा थप जानकारी दिदै एनआरएन साउथ अस्ट्रेलिया कि उपाध्यक्ष सन्तोषी गौतम भन्छिन ” जब नेपालमा चाडपर्वहरुको रौनक आउने गर्छ यता प्रदेशमा हुने मनहरुलाई न्यास्रो लाग्ने गर्छ त्यस माथि भर्खरै आउनु भएका बिद्यार्थी भाई-बहिनिहरु र नव आगन्तुक साथीहरु वा जसले मान्यजन बाट टीका लगाउन पाउदैन उहाहरुलाई खल्लो लाग्ने गर्छ , त्यसैले त्यहिँ खल्लो र न्यास्रोपन मेट्न भए पनि हामीले सानो प्रयास स्वरुप दशैं टिका ग्रहण कार्यक्रम आयोजना गर्दैछौ।


कार्यक्रम बिहान ९ बजे देखि बेलुका सम्मै गणेश मन्दिरमा चल्ने गौतमले जानकारी दिईन। ९ बजे देखि १० बजे सम्म सबैको सहजताको लागी जमरा वितरण गरिने र टिका ग्रहण कार्यक्रम दिउस भरि नै चल्ने आयोजकले बताए। कार्यक्रममा नेपाल बाट आउनु भएका आमा बुवाहरु र मान्यजन बाट टिका ग्रहणको कार्यक्रम राखिएको छ। कार्यक्रममा सबै नेपालीहरुलाई उपस्थित भएर सामुहिक रुपमा दशैं टिका लगाउन एनआरएनले आवहान गरेको छ।