एनआरएनए साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम हुदै - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

एनआरएनए साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम हुदै



अस्ट्रेलिया।

गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ। नजिकिदै गरेका चाड पर्व दशैं, तिहार , नेपाल संवत एवं छठको अवसर पारेर कार्यक्रम आयोजना गर्न लागेको संघका संयोजक अशोक केसीले बताए। अक्टोबर ७ तारिकको दिन प्रिन्सेस एलिजाबेथ प्ले ग्राउण्डमा दिउसो १ बजे बाट कार्यक्रम सुरु हुनेछ। यहाँ रहेका संघ सँस्थाहरुको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रम निशुल्क रहेको र कार्यक्रममा नेपाली खानाहरु सहित मनोरन्जनात्मक कार्यक्रम रहने केसीले बताए।

यस प्रकारका कार्यक्रमहरुले समुदायमा आत्मियता बढाउने बताउदै केसी भन्छन “भूगोल बाट टाडा आएका नेपाली मनहरुलाई चाड पर्वको न्यास्रो कम होस् र सामुहिक यस्ता कार्यक्रमले नव आगन्तुकहरु समेत चाड पर्वको रौनकतामा समाबेश हुन सक्नु भनेर हामी कार्यक्रम आयोजना गर्दै छौ।” कार्यक्रममा उपस्थित हुनको लागि साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीहरुलाई एनआरएनए साउथ अस्ट्रेलियाले अपिल गरेको छ।