साउथ अस्ट्रेलियामा नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागि बहस सुरु - Himal Post Himal Post
  • २७ फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 11 2025
Logo

साउथ अस्ट्रेलियामा नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागि बहस सुरु



– एडीलेड

गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाले नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागी बहस सुरु गरेको छ। पहिलो चरणमा यहाँ रहेका संघसंस्था र समुदायका अगुवाहरु बिच भएको छलफल कार्यक्रमले नेपाली सांस्कृतिक केन्द्रको आवश्यकता र सम्भावनाहरुको बारेमा चर्चा गरेको थियो। नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागि उक्त छलफल कार्यक्रमले ११ सदस्य सहित तदर्थ समिति गठन गरेको छ। कमिटीमा गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाका संयोजक अशोक केसी , एनआरएनए केन्द्रिय सदस्य गोकुल घिमिरे , अवैतानिक महाबाणिज्य दूत दिपक धमला , डा. कुश श्रेष्ठ , राजु उपाध्याय , अर्जुन लम्साल , सुरेन्द्र रेग्मी , गोबिन्द राना , राम चन्द्र थापा , दिपक लामा , नबिन कम्बांग रहेका छन। उक्त समितिले आगामी डिसेम्बर भित्र नेपाली सांस्कृतिक केन्द्र निर्माणको लागि आवश्यक अवधारणा पत्र तयार गर्ने जिम्मेवारी पाएको छ।

कार्यक्रममा उपस्थित  बक्ताहरुले दिगो रुपले निर्माण रुप रेखा तयार गरेको खण्डमा नेपाली समुदाय भित्र नेपाली सांस्कृतिक केन्द्र निर्माण सम्भब भएको बताएका थिए। कस्तो हुन्छ त नेपाली सांस्कृतिक केन्द्र भन्ने बिषयमा केहि प्रस्ट पर्दै संयोजक के.सीले भनेका थिए , ” नेपाली कला, संस्कृतिक झल्कने र हाम्रा आस्थाका धरोहरहरु त्यहाँ निर्माण गर्न सकिन्छ , उदाहरणको लागि पशुपति मन्दिर हुन सक्छ -स्वयम्बु यस्तै विभन्न कुराहरु हामीले समेट्न सक्छौ।” के के राख्न सकिन्छ भन्ने सम्भावनाहरुको खोजि गर्दै त्यसलाई आवश्यक स्रोत साधनहरु कसरी जुटाउन सकिन्छ भन्ने कुरा तदर्थ समितिले एक महिना भित्र अवधारणा पत्र मार्फत तयार गर्ने बताएको छ।

कार्यक्रममा उपस्थित सामाजिक अभियन्ता सुरेन्द्र रेग्मीले सम्पूर्ण संस्थाहरुले सहकार्य गर्दै यस अभियानलाई अगाडी बढाउनु पर्ने जोड दिदै भने , ” नेपाली समुदायको लागि भवन साहित यीकुराहरु आवश्यक भै सकेको छ , हाम्रा उस्त्बहरुको लागि मात्र होइन मृत्यु संस्कार गर्ने ठाऊ समेत हाम्रा सन्ततिले पाउने छन त्यसैले यस प्रयासलाई ठोस योजना सहित अगाडी बढ्नु पर्छ।” कार्यक्रममा बक्ताहरुले निर्माण रूपात्मकता र दिगो कार्ययोजना सहित अवधारणा पत्र तयार गरी सामुदायिक  छलफल गर्दै यस अभियानलाई ठोस रुपले अगाडी बढाउनु पर्ने बताएका थिए।

एनआरएन साउथ अस्ट्रेलियाले डिजिटल क्यालेन्डर निर्माण समेत गर्ने बताएको छ। साउथ अस्ट्रेलियामा हुने सम्पूर्ण नेपाली कार्यक्रमहरुलाई सफल र व्यवस्थिति गराउनको निम्ति यहाँ रहेका सबै संस्थाहरुसँग सहकार्य गरि ” डिजिटल क्यालेण्डर” तयार गर्ने बताएको छ।