एनआरएनएको कोषाध्यक्षमा मुछेत्र गुरुङ्गको उम्मेदवारी घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एनआरएनएको कोषाध्यक्षमा मुछेत्र गुरुङ्गको उम्मेदवारी घोषणा



हिमाल पोस्ट /बेलायत 

गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलन काठमाण्डौमा १४ देखि १७ अक्टुबरमा आयोजना हुँदै छ। गैर आवासीय नेपाली सङ्घ बेलायतका निबर्तमान अध्यक्ष मुछेत्र गुरुंङ्ग गैर आवासीय नेपाली सङ्घको कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरी सकेका छन्। गैर आवासीय नेपाली सङ्घको अभियानमा लामो समय देखि निरन्तरता दिँदै आई रहेका मछेत्र गुरुङले गैर आवासीय नेपाली सङ्घको लेखालाई चुष्त र पारदर्शी बनाउँदै कोषलाई भरियो र बलियो बनाउने स्रोत तथा साधनको परिचालन गर्ने आफ्ना प्रतिबद्धता सहितको घोषणा पत्र लिएर आउँदै छन्। आगामी २ बर्से कार्यकालमा गैर आवासीय नेपाली सङ्घको विधि र विधानको परिधि भित्र रहेर सङ्घको कोष तथा लेखालाई सिष्टमेटिक अभिलेख र परादर्शिक बनाउन विभिन्न योजना तथा कार्यक्रमहरू बनाउने बताएकाछन।

नेपालको लम्जुङ्गमा जन्मेका गुरुङ हाल पोखरामा आफ्नो घरवार रहेको बताउछन। उमेरले ५ दशक पुगेका मुछेत्र गुरुङ १८ वर्ष सम्म बेलायती सेनामा कार्यरत रहेका थिए। अहिले बेलायती सेनाबाट अबकास लिएका गुरुङ एक छोरा र श्रीमतीको साथ बेलायतमा बस्दै आइरहेका छन्। बेलायती सेनाबाट अबकासी जीवन पछि Travel Agency र Property Business पेसा पनि गर्दै आइरहेका छन्।

सानै उमेर देखि नै सामाजिक स्वभाव र सेवा प्रदान कार्य गर्न रुचाउने मुछेत्र गुरुङ आफ्नो बेलायती सेनाको जिन्दगीबाट अबकास पछि तमुजी बेलायतमा आबद्ध रहेका थिए। नेपाली कला र संस्कृतिलाई बेलायती कला र संस्कृतिसित समानान्तर रूपमा विकास गर्न नेपालको स्वभिमानलाई सधैँ उच्चा राख्न धेरै वर्ष तमुजी बेलायतमा कार्यरत रहेर २०११/२०१२ मा नेतृत्वको जिम्मेवारी पुरा गरेका मछेत्र गुरुङ्गले सहारा बेलायतको सल्लाकार र सहारा पोखराको पनि सल्लाहकारको जिम्मेद्वारी पुरा गरी धेरै अनुभव संचय गरेका छन्। गैर आवासीय नेपाली सङ्घ बेलायतको सल्लहाकार सहितका तह र तक्माका पदहरुमा आफ्नो जिम्मेवारी पुरा गरी २०१५/२०१७ कार्यकालको अध्यक्षको सफल जिम्मेवारी पुरा गरेका छन्।

तमुधी बेलायतको आफ्नो भवन हुनु पर्दछ भन्ने मान्यता राख्ने मुछेत्र गुरुङ्गले तमुधी बेलायतको भवन निर्माणमा ठुलो योगदान र आर्थिक सहयोग गरेका छन्।पोखरा stadium wall compounding मा ठुलो अर्थ सङ्कलन कार्य मा सहयोग गरेका छन्। पोखरा सहारा को अनाथ बिधार्थी हरुको फुटबल एकेडेमी भवन निर्माण मा ठुलो अर्थ सङ्कलन कार्यमा सहयोग गरेका छन्। गैर आवासीय नेपाली सङ्घ बेलायतले मुछेत्र गुरुङ्गको कार्यकाल बेलायतमा नेपाल हाउस को प्रोजेक्ट सुरुवात गरी अर्थ सङ्कलन गरी रहेको छ। गैर आवासीय नेपाली बेलायतको निरबिबादित धेरै सफल अध्यक्ष पनि हुने हुन।

गैर आवासीय नेपाली सङ्घको सङ्घको आठौ विश्व सम्मेलनमा कोषाध्यक्षका उम्मेदवार घोषणा गरेका मुछेत्र गुरुङ्गसंग धेरै संचित र ठुलो अनुभवले नयाँ जोस,जागर लिएर गैर आवासीय नेपाली सङ्घको आर्थिक पारादर्शिकता तथा आर्थिक व्यवस्थापनलाई धेरै सुधार गरी नयाँ परिवर्तनसित समय परिस्थिति अनुसार आधुनिक विज्ञान र प्रविधिको प्रयोग तथा उपयोग गरी सम्पूर्ण गैर आवासीय नेपालीहरूको साँझा संस्था गैर आवासीय नेपाली सङ्घको सर्वाणिङ्ग विकासको लागी सधैँ तत्पर र नयाँ ऊर्जाका साथ आगामी २०१७/२०१९ कार्यकालको कोषाध्यक्षको गरिमामय पदमा घोषणा गरेका छन्। सम्पूर्ण गैर आवासीय नेपालीहरूको साथ सहयोग र समर्थनको लागी अनुरोध गरेका छन्।