एनआरएनएको मतदान एकाएक स्थगित - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एनआरएनएको मतदान एकाएक स्थगित



काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतदान स्थगित भएको छ । नयाँ नेतृत्व चयनका लागि बुधबार हुने भनिएको मतदान भोलि विहान १० बजेसम्मका लागि स्थगित भएको हो।

मतदान मेसिनमा समस्या देखिएपछि मतदान बिहीबार विहानसम्मका लागि स्थगित गरिएको हो।

एनआरएनएको अध्यक्षमा संघका वर्तमान उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन्।