एनआरएन महिलाको सहयोगमा छात्रवृत्ति वितरण - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एनआरएन महिलाको सहयोगमा छात्रवृत्ति वितरण



सुख्खड

कैलालीका विभिन्न स्थानमा बिहीबार छात्रवृत्ति वितरण गरिएको छ । अति विपन्न बादी समुदाय दलित , आदिवासी जनजाति तथा जेहन्दार विद्यार्थी लाई शैक्षिक सामाग्री सहितको छात्रवृत्ति वितरण गरिएको हो ।

सञ्चारकर्मी प्रकाश मिश्रको पहलमा एन आर एन वुमन फोरम स्विजरल्याण्डकि संयोजक शुभा इल्मार लामाको सक्रियतामा नारी समाज पोर्चुगलकी संयोजक सीता बराल काठमाडौँ घर भई हाल स्विजरल्याण्ड बस्दै आउनुभएका विजया भट्ट , सुनम पन्त , उषा ज्याक्युट तथा चितवन घर भई स्विजरल्याण्ड बस्दै आउनुभएकी शान्ति स्मिरिकीको आर्थिक सहयोगमा २१ जना विद्यार्थी लाई एक कार्यक्रमका बिच छात्रवृत्ति वितरण गरिएको सञ्चारकर्मी प्रकाश मिश्रले जानकारी दिनुभयो ।

आर्थिक विपन्नताका कारण कोही पनि पढाइ बाट वञ्चित हुनु नपरोस भन्ने सोचका कारण सबै दिदीबहिनीहरूले व्यक्तिगत रुपैयाँ उठाएर पठाउनुभएको र आफूले त्यो रुपैयाँले शैक्षिक सामाग्री लिएर बिधालय बिधालयमा गएर वितरण गरेको मिश्रले जानकारी दिनुभयो ।

छात्रवृत्तिमा बिधालय पोसाक , कापी कलम , जुत्ता , पेन्सिल , ज्यामिति बक्स लगायत रहेका छन् । साथ साथै विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रत्येक बर्स वितरण गरिने भएको हो ।छात्रवृत्तिमा रकम हस्तान्तरण गर्दा कतिपय अभिभावक बाट विद्यार्थीलाई चाहिने शैक्षिक सामाग्री उपलब्ध नगाइने भएका कारण पनि सोझै शैक्षिक सामाग्री उपलब्ध गराइएको हो ।