एनआरएनए मतगणनास्थलमा झडप - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

एनआरएनए मतगणनास्थलमा झडप



काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को मतगणनास्थलमा मध्यरातमा झडप भएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएको भन्दै उनका समर्थकले नाराबाजी गर्दै तोडफोड समेत गरेका थिए

कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएको उनका समर्थकले हंगामा मच्चाएका हुन् ।

झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तनावका कारण केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो ।

पटक पटकको विवादका कारण प्रभावित हुँदै आएको एनआरएनको मतगणनामा सुस्तता आएको छ । राती अबेरसम्म अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि विवादकै कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आइसकेको छैन ।

गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ ।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् ।