एनआरएनएको उपाध्यक्षमा पुष्प थापाको उम्मेदवारी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

एनआरएनएको उपाध्यक्षमा पुष्प थापाको उम्मेदवारी



हिमाल पोस्ट /जर्मनी 

गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलनमा जर्मनीका पुष्प थापाले उपाध्यक्षको उम्मेदवार बन्ने बताएका छन्। नेपालीनेपाली अनलाइनमा लेखिएको समाचारको आधारमा हामीले सम्पर्क गरी उनको विचार बुझ्न खोज्दा पुष्प थापाले आफू आगामी विश्व सम्मेलनमा उपाध्यक्षको उम्मेदवारको आकॉक्षी भएको जनाएका छन्। के कस्तो तयारी भएको छ भन्ने प्रश्नको उत्तरमा थापाले आफू सम्पूर्ण गैर आवासीय नेपालीहरूको सम्पर्कमा रहेको बताएका छन्। १५ सेप्टेम्बर सम्म गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदको अधिवेशन भएकोले त्यस पछि मात्र विश्व सम्मेलनमा उम्मेद्वारहरुको चलपलको रौनाक बढने बताएका छन्।

गैर आवासीय नेपाली सङ्घका सल्लाहकार समेत रहेका थापाले आगामी विश्व सम्मेलन गत विश्व सम्मेलन भन्दा अलि पृथक् र सहभागी प्रतिनिधिहरूको सङ्ख्या केही वृद्धि हुने बताएका छन्। विधान समितिका सदस्य पनि रहेका पुष्प थापाले आगामी विश्व सम्मेलनमा विस्तृत छलफल र खुला बहसमा विधानमा रहेका समस्याहरूको सामूहिक निर्णय खोजिने भएको बताएको छन्। आदरणीय अग्रज तथा एनआरएन दाजुभाइ तथा दिदीबहीनीहरुको सल्लाह सुझावहरुको आधारमा आफ्नो २ बर्से कार्यकालको योजना र कार्यक्रमहरू लिएर छिट्टै सार्वजनिक गर्ने बताएका छन्।