नेपालद्वारा कतारलाई सामान्य लक्ष्य - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

नेपालद्वारा कतारलाई सामान्य लक्ष्य



काठमाडौं – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा कतारलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटियो । नेपालका लागि युवा खेलाडी दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रनको योगदान दिए । नोगमान सनवरले १९ ओभरको तेस्रो बलमा बोल्ड आउट गर्नुअघि दीपेन्द्रले ३५ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

नेपालले पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई छैटौं ओभरको अन्तिम बलमा २८ रनमा गुमाएको थियो । इनवम उल हकको बलमा ठूलो सर्ट खेल्ने धुनमा क्याच आउट हुनुअघि पारसले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पारसले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४९ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान रचे । कतारसँग पहिलो विकेटका गरेको ४९ रनको साझेदारी नेपालले टी २० आईमा गरेको हालसम्मको उच्च साझेदारी हो । यस अघि सन् २०१४ को विश्वकपमा हङकङसँगको खेलमा सुवास खकुरेल र सागर पुनले गरेको ३६ रनको साझेदारी पहिलो विकेटका लागि उच्च रहँदै आएको थियो ।

उप कप्तान ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । तमोर शज्जादले नवौं ओभरको दोस्रो बलमा इकवाल हुसेनबाट क्याच आउट गराउनु अघि मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे । ११ औं ओभरको पहिलो बलमा शरद भेषवकर पनि ठूलो सर्ट खेल्ने धुनमा ७ रनमा क्याच आउट हुन पुगे । १४ ओभरको पाँचौ बलमा सोमपाल कामी दुई रन लिने क्रममा ११ रनमा रन आउट भए । १८ ओभरको चौथो बलमा विनोद भण्डारी पनि ठूलो सर्ट खेल्ने धुनमा ३ रनमा आउट भए ।

करण केसी ४ रनमा बोल्ड आउट भए । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । नेपाललाई सस्तैमा रोक्न कतारका लागि तमोर शज्जाद र नोउमान शनवारले समान २ विकेट लिए । त्यस्तै इकवाल हसन र इनवाल हसनको नाममा समान १ विकेट रह्यो ।

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए ।

यस्तै कप्तान पारस खड्काले २८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए । सोमपाल कामी ११ र  शरद भेषवाकरले ९ रन जोडे  ।