भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपालीहरूलाई एनओसी अनिवार्य - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपालीहरूलाई एनओसी अनिवार्य



नयाँ दिल्ली /हिमाल पोस्ट । भारत हुँदै तेस्रो मुलुक यात्रा गर्ने नेपालीलाई अब दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर (एनओसी) चाहिने भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरूलाई एनओसी बनाउन भन्दै मंगलबार सूचना प्रकाशित गरेको हो ।

भारतीय अध्यागमन पार गर्दै  तेस्रो मुलुक जाने नेपालीहरूले राजदूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने कारणसहित निवेदन दिनुपर्ने दूतावासले जनाएको छ ।

त्यस्तै एनओसीको लागि यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा र हवाई टिकटको प्रतिलिपि पनि दूतावासमा बुझाउनुपर्ने छ। रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दिनुपर्ने सूचनामा उल्लेख छ ।