ओलीले भने– नो मोर सिन्डिकेट ! - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ओलीले भने– नो मोर सिन्डिकेट !



प्रधानमन्त्री केपी शर्मा ओलीले सबै किसिमका सिन्डिकेट समाप्त पार्ने बताएका छन्।

बजेट अधिवेशन सुरु हुनुभन्दा अघि एमाले संसदीय दलको वैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले सुशासनका लागि सबै क्षेत्रको सिन्डिकेट तोड्दै जाने बताएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘विकास निर्माण क्रममा देशलाई अगाडि बढाउने प्रशासनिक सुधार गर्न दृढ छौं,’ उनले भने, ‘अहिलेसम्म सिन्डिकेट तोड्न साह्रै गाह्रो मानिएको थियो, तर तोडियो। सरकारले अब धेरैवटा सिन्डिकेट तोड्दै जान्छ। अब नो सिन्डिकेट।’

लोकतन्त्रमा आफूले व्यक्ति होइन, लोकतान्त्रिक प्रणाली नै बलियो बनाउने मिसन राखेको उनले बताए।