सीपी मैनालीको दुर्घटना तत्काल छानबिन हुनुपर्छ: नेपाली काँग्रेस (वी. पी.)

काठमाडौ- नेकपा (माले) का महासचिव तथा पुर्व उप-प्रधानमन्त्री सि पि मैनाली सवार गाडी दुर्घटनाबारे तत्काल छानबिन गर्न नेपाली कांग्रेस (वी. पी.)ले माग गरेको छ।
गत फागुन १५ गते महोत्तरीको वर्दिवास नजिकै रातु खोलामा भएको दुर्घटनाको तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पार्टीले माग गरेको छ ।
पूर्वउप-प्रधानमन्त्री मैनालीको उपचारको समुचित व्यवस्था मिलाउन नेपाली काँग्रेस (वी. पी.) का सभापति हरिबोल भट्टराई र महामन्त्री सुशीलमान सेरचनद्वारा जारी हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
नेपाली काँग्रेस (वी. पी.)का सभापति हरिबोल भट्टराई वरिष्ठ नेता देवि प्रसाद ओझा महामन्त्री सुशीलमान सेरचन र पुष्पराज पराजुली सह-महामन्त्री देवेन्द्र प्रकाश पौडेल केन्द्रिय सदस्य गणेश पाण्डे , सुदर्शन सिटौला , रामप्रसाद रेग्मी , रोमन पुरी विद्यार्थी नेता सुशीलराज वाग्ले लगाएतले ग्राण्डी अस्पताल पुगी मैनालीको स्वास्थ अवस्थाको जानकारी लिगेका थिए ।

