ओली सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ओली सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति



काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका पछिल्ला सबै नियुक्ति खारेज हुने भएका छन् । नयाँ सरकार बनेसँगै नियुक्तिहरू खारेज हुने चर्चा चलिरहेका बेला गठबन्धनले यस्तो सहमती गरेको हो ।

पाँच दलिय गठबन्धनको सहमती अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले ओली सरकारले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति बनेको छ ।

बालुवाटार निकट स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्य दलका नेताहरूसँग छलफल गरेर देउवासमक्ष यस्तो प्रस्ताव लगेका थिए ।सोही प्रस्तावमा मंगलबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच नियुक्ति खारेज गर्ने सहमति भएको हो।

पछिल्लो समय ओली सरकारले मापदण्ड विपरित भटाभट नियुक्ति गरेको भन्दै विरोध भएको थियो।