अघिल्ला मन्त्रीले गरेका सबै दूतहरूको नियुक्ति खारेज - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

अघिल्ला मन्त्रीले गरेका सबै दूतहरूको नियुक्ति खारेज



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीका अनुसार पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय गरेको हो ।

कार्यविधि नबन्दै अघिल्लो सरकारले दुई दर्जन स्थानमा पर्यटन सद्‍भावना दूत तोकेको थियो । यस्ता सद्‍भावना दूतहरु अवैधानिक हुने गर्छन् । तर, सरकारी नियुक्तिको लाभमा आफ्नो प्रतिष्ठा र व्यवसाय विस्तारमा धेरैजसो व्यक्ति सक्रिय हुने गरेको छ ।

अब भने मन्त्रालयले ‘सद्‍भावना दूत’ भन्ने स्थानमा ‘पर्यटन प्रवर्द्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको मन्त्रालयले जनाएको छ ।