राष्ट्रपतिले गरिन् राजदुत नियुक्त - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

राष्ट्रपतिले गरिन् राजदुत नियुक्त



काठमाडाैं– राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुत पदमा नियुक्त गरेकी हुन् ।