नीता भन्छिन - आँसु नझार्ने मान्छे क्रुर हुन्छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नीता भन्छिन – आँसु नझार्ने मान्छे क्रुर हुन्छ



जीवनका आँसुको अर्थ ठूलो हुन्छ । आँसु नबग्ने भए कसैले कसैको फिलिङ्ग्स नै बुझ्दैनथ्यो । आँसु खस्ने भएकैले त हामीमा मानवता छ । हामी अरुलाई प्रेम गर्छौं । आँसु भएकैले कसैको साथको आवश्यकता हुन्छ ।

नरुने मान्छे एकदम क्रूर हुन्छ । उसलाई कसैको मतलब हुँदैन । आँसु नहुने मान्छे पत्थर हुन्छ । यो मान्छेहरुलाई सम्बन्धमा जोड्ने साधन पनि हो । तर, जहाँ पनि बगाउनुहुन्न । बगाउने ठाउँ हुन्छ । आँसु बगाउनुको पनि अर्थ हुन्छ । आमा बित्नुभएको बेला एकदम दुःखी भएर रोएकी थिँए । आधा सन्सार नै गएजस्तो लागेको थियो । एक्लो भएको महसुस भएको थियो । त्यसैले धेरै रोएँ ।

खुसीको बेला खसेको आँसुको अर्थ बेग्लै हुन्छ । मसान फिल्मबाट राष्ट्रिय अवार्ड पाउँदा धेरै रोएँ । त्यो खुसीको आँसु थियो । त्यतिबेला आफूले गरेको संघर्ष सम्झिएँ । म गुज्रिएर आएको अवस्था सम्झेँ । मलाई सहयोग गर्नुहुने सबैजना सम्झनामा आउनुभयो ।

ज–जसले मलाई नराम्रो होस् भन्ने सोचे, उनीहरुको चुनौतीका काराण म त्यहाँ पुगेकी थिएँ । सबै घटना दिमागमा आए । अनि खुसीको आँसु झरे ।

नयाँ पत्रिका दैनिकको ‘नयाँ सिटी’बाट ।