सांस्कृतिक कार्यक्रममा नि:शुल्क स्वास्थ्य परीक्षण गरिने - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

सांस्कृतिक कार्यक्रममा नि:शुल्क स्वास्थ्य परीक्षण गरिने



हिमाल पोस्ट /नयाँ  दिल्ली ,साउन २७ 

भारतको राजधानी दिल्लीमा  तीजको अवसर पारेर गरिने सांस्कृतिक कार्यक्रममा नि:शुल्क स्वास्थ्य परिक्षण  गरिने भएको छ ।नेपाली देशभक्त आवाज र केअर फोर क्युअर नामक संस्थाको संयुक्त आयोजनामा उक्त स्वास्थ्य परिक्षण   गरिने  बताईएको छ ।

उक्त स्वास्थ्य परिक्षणमा बोन डेस्ट्रोमेट्रि,ईसीजी ,ब्लड सुगर ,ब्लड प्रेसर र बीएमआइ निसुल्क गरिने छ भने महिला तथा प्रसुती रोग विशेषज्ञ,हाट जोर्नी ,जनरल फिजिसियन आदि डाक्टरहरु उपस्थित हुने  केअर फोर क्युअरका सस्थापक एल पी   पाण्डेले   हिमाल पोस्टलाई  जानाकारी गराए ।

कार्यक्रम कुनै पनि बेला जो कोहि पनि आकस्मिक बिरामी   हुन सक्ने र तुरुन्तै उपाचार गर्ने हेतुले  एम्बुलेन्स सहित उक्त आयोजना गरिएको देशभक्त आवाजका   सस्थापक बाबु रोकाले बताए ।

दिल्लीमा जुन कुनै संगठनको कार्यक्रम आयोजना  भए पनि  देशभक्त आवाजले स्वयम सेवकको भूमिका निर्वाहा गर्दै आएको छ  ।रेस्क्युमा पनि अग्रणी भूमिकामा छ ।

कार्यक्रममा रास्ट्रीय स्तरका कलाकारको पनि उपस्थिति हुने छ ।कार्यक्रम शिव गुफा  मन्दिर ब्रिटानिया चोक सकर पुरा नयाँ दिल्लीमा १३ अगष्टको दिन हुनेछ ।