निश्चल भन्छन् : गतिलो फिल्म नबनाए दर्शकले नकार्न जति पनि मिल्छ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

निश्चल भन्छन् : गतिलो फिल्म नबनाए दर्शकले नकार्न जति पनि मिल्छ



काठमाडौं– निर्देशक तथा कलाकार निश्चल बस्नेतले दर्शकलाई जे मन पर्छ त्यही हेर्ने बताएका छन्। नेपालमा दक्षिण भारतीय फिल्मको बढ्दो दबदबा र नेपाली फिल्मका निर्माता निर्देशकले गरिरहेको विवादका बीच निर्देशक बस्नेतले यस्तो तर्क अघि सारेका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत नेपाली फिल्मलाई प्राथमिकता भन्ने विषय धेरै सुनिए पनि उक्त कुरा शब्द र बन्द मिटिङ्गमा मात्रै सीमित भएको बताएका छन्। उनी लेख्छन्, ‘प्राथमिकता भन्ने शब्द खुब सुनियो। हाम्रो चलचित्र जगतमा दिग्गजहरुबाट। तर, अफसोस शब्द र बन्द मिटिङ्गमै सीमित भयो।’

उनले भारतीय फिल्मलाई हलमा दिइएको प्रदर्शन र नेपाली फिल्मलाई गरिएको व्यवहारलाई इंगित गर्दै आगामी मिटिङ्ग भएमा पनि बोलाउन भन्दै व्यंग्य गरेका छन्। उनी थप लेख्छन्, ‘नेपाली चलचित्रलाई प्राथमिकतामा राख्नुपर्छ’ भन्नुपर्छ मिले। यो पल्टचाहिँ त्यो सुनेर हासौं पनि है।’

बस्नेतले थप लेख्दै ‘दर्शकले जे मन पर्छ त्यही हेर्ने र चलचित्रकर्मीले गतिलो फिल्म बनाए दर्शकले नकार्न पनि मिल्ने बताएका छन्। उनी लेख्छन्, ‘दर्शकलाई जे मन पर्छ, त्यही हेर्ने हो। हामी चलचित्रकर्मीले गतिलो फिल्म नबनाए दर्शकले नकार्न जति पनि मिल्छ।’