एडीलेडमा बेपत्ता निश्चल घिमिरे मृत फेला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एडीलेडमा बेपत्ता निश्चल घिमिरे मृत फेला



– एडीलेड / नबिन पन्त

बिहिबार राती बाट हराई रहेका नेपाली युवा निश्चल घिमिरेको मृत शरीर फेला परेको छ। १७ घण्टाको निरन्तर खोजि पछि वेस्ट विच बोट र्याम्प समुन्द्री तटमा उनको शरीर समुन्द्रमा रेस्क्यु अप्रेसनमा लागी रहेका पुलिसले बेलुका स्थानिय समय अनुसार ७:३० बजे तैरिरहेको अवस्थामा देखेका थिए। एडीलेडको केलेरेन्स पार्कमा बस्दै आएका २२ बर्षिय घिमिरे करिब २ वर्ष अगाडी नर्सिङ्ग पढ्नको लागि एडीलेड आएका थिए। येसुवर्ड होम केयरमा डिसेबिलिटि चाईलड केयरमा रुपमा काम गर्ने उनी बिहिबार साँझ – बच्चालाई (कलाईनट) लिएर करिब ४ बजे पछि समुन्द्रमा गएको अनुमान गरिएको छ।

बच्चा नफर्किएको हुदा बच्चाको अभिभावकले पुलिसमा रिपोर्ट गरे त्यसपछि राती करिब १२:३० मा घटना बाहिर आएको थियो। करिब त्यहि समयमा बोल्न नसक्ने ती बच्चाले ,गेलेनेल्ग नर्थ नजिकैको घरमा गएर ढोका ढकढकाए पछि -त्यहाँ बाट समेत पुलिसलाई जानकारी गराईको थियो। बच्चा सकुशल पानीले भिजेको अवस्थामा भेटिए पछि , निश्चल घिमिरे पनि समुन्द्रमा कतै फसेको हुनसक्ने अनुमान गरि राति बाटै उद्दार कार्य सुरु भएको थियो।

रेस्कु टोली हेलिकप्टर , पैदल , जलमार्ग बाट खोजि कार्य गरेको थियो । धटना भएको नजिकै उनको सेतो मिसुभिसी कार समेत फेला परेको थियो । उनको कपडाहरु र मोबाइल समेत गाडी मै रहेको अवस्थामा थियो । निश्चलको यस घटनाको बारेमा परिवारले सूचना पाइसकेको अवस्था छ भने, उनको दाई यहि आईतबार सम्म एडीलेड आईपुग्ने बताईएको छ।उनको आफन्तले शरीर निश्चलको नै भएको पहिचान गरि सके पछि पोष्टमार्टमका लागि लगिएको छ।प्रहरीले अन्य संकास्पद अवस्था नदेखिएको समेत बताएको छ। यस घटनाले साउथ अस्ट्रेलियाको नेपाली समुदाय स्तब्ध भएको छ।गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाले असामयिक निधन प्रति गहिरो समवेदना प्रकट गर्दै परिवारलाई कुनै पनि आवश्यकता परे आफुहरुले सहयोग गर्ने संयोजक अशोक केसीले बताएका छन्।