देशभरका ३४ स्थानमा निर्वाचन स्थगित, सबैभन्दा बढी सुदूरपश्चिममा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

देशभरका ३४ स्थानमा निर्वाचन स्थगित, सबैभन्दा बढी सुदूरपश्चिममा



नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो ।

स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ ।

नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको छ । यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

लुम्बिनी प्रदेशमा भने आज तय भएका सबै स्थानमा मतदान कार्य सम्पन्न भएको छ ।

केसीका अनुसार कर्णालीका ३ मतदान केन्द्रको पनि मतदान स्थगित भएको छ ।

उनका अनुसार विभिन्न कारणले ११० स्थानमा मतदान स्थगित भएकामा ७६ स्थानको भने पुन सुचारु भएको छ ।