मतपेटीका खोस्न गएको समुहमाथी प्रहरीले गोली चलाउँदा कांग्रेस कार्यकर्ताको मृत्यु - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

मतपेटीका खोस्न गएको समुहमाथी प्रहरीले गोली चलाउँदा कांग्रेस कार्यकर्ताको मृत्यु



दोलखा, ३१ बैसाख
दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा मतपेटीका खोस्न खाएको समुहमाथी प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलुङ गाउँपालिका कै कांग्रेस कार्यकर्ता नकुल भुजेल रहेका छन् ।

मतदान चलिरहेको बेला मत पेटिका खोस्न आएका कारण गोली चलाउनु परेको जानकारी प्रहरीले दिएपनि मृतकको नाम भने प्रहरीले खुलाएको थिएन । स्थानियले नै पहिचान गरी मृतक नकुल भुजेल रहेको बताएका छन् ।

गोली चल्दा अन्य केहि पनि घाईते भएको बताईएको छ । पवटीमा झडप भएको र एक जनाको ज्यान गएको जानकारी पाए लगत्तै सदरमुकाम चरिकोटबाट सेनाको हेलिकप्टर । घटनास्थलमा पुगेको थियो ।