मंसिर २ गते संघीय तथा प्रदेशसभाको निर्वाचन - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मंसिर २ गते संघीय तथा प्रदेशसभाको निर्वाचन



काठमाडौ- निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ।

आज बुधबार आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री देउवासँग बुधबार भेटका लागि आयोगका पदाधिकारीहरूले समय लिइसकेका आयोगका एक अधिकारीले बताए।

आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्ने गरी सिफारिस तयार पारेको छ।

छिटफुट घटनाबाहेक पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएको निर्वाचन आयोगले संघीय र प्रदेशसभा निर्वाचन पनि एकै चरणमा गर्नका लागि सिफारिस गर्न लागेका हो।