निर्वाचन गराउन नसके देउवाले राजिनामा दिनु पर्छ :खनाल - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

निर्वाचन गराउन नसके देउवाले राजिनामा दिनु पर्छ :खनाल



काठमाडौं, असार १ ।

प्रमुख विपक्षी दल नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन गराउन नसके कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकारले राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् । सरकारले तोकिएको समयभित्र निर्वाचन गराउनै पर्छ ।’ उनले कुनै पनि बहाना गरेर निर्वाचन रोक्ने काम भयो भने त्यसको एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।

राजपाको आन्दोलन कार्यक्रम गरे संगै मधेसमा बढेका अशान्तिको चिन्ता जनाउदै नेता खनालले भने, ‘शान्ति सुरक्षा गर्न सक्दैन भने यो सरकारले राजीनामा दिनुपर्छ । सत्तामा बसिरहने अधिकार कसैलाई छैन ।’ उनले भने, ‘सत्तापक्ष अराजकताका सामु घुँडा टेक्दै छन् ।’

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले भने, ‘तोकिएको समयमा चुनाव गर्न नसक्नेहरूले सरकारबाट राजीनामा दिनुपर्छ ।