निर्वाचनको दिन यस्ता सवारीलाई पास नचाहिने - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

निर्वाचनको दिन यस्ता सवारीलाई पास नचाहिने



काठमाडौँ – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा विभिन्न क्रियाकलाप गर्न पाइँदैन ।

शुक्रबार अत्यावश्यकीय सवारीबाहेक सार्वजनिक सवारी चल्दैनन् । मिडियालगायतका सवारीलाई आयोगले पासको व्यवस्था गरेको छ ।

तर, अत्यावश्यकीय सवारीसाधनका लागि भने पास नचाहिने भएको छ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, दमकल, दुरसञ्चार तथा केवल सेवा, शववाहन, स्वास्थ्यकर्मी आवागमन हुने साधनका लागि पास चाहिँदैन ।

त्यस्तै अस्पतालमा कार्यरत चिकित्सकले प्रयोग गर्ने सवारीसाधन, फोहोरमैला ढुवानी गर्ने साधन, तरकारी र फलफूल ओसार्ने साधन, विद्युत सेवा जस्ता अत्यावश्यक सवारीसाधन र सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारीसाधनलई निर्वाचनको दिन सवारी पास नचाहिने निर्वाचन आयोगले जनाएको छ ।