निर्वाचन आयोगले भन्यो: ६५ प्रतिशतभन्दा धेरै मत खस्यो - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

निर्वाचन आयोगले भन्यो: ६५ प्रतिशतभन्दा धेरै मत खस्यो



काठमाडौ- निर्वाचन आयोगले स्थानीय चुनाव २०७९ मा ६५ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको छ ।

यसबारेमा आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने तयारी गरेको छ ।

देशैभर खसेको मतको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगले जनाएको छ ।

यसअघि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको बताएका थिए ।