रविले आयोगलाई भने- नागरिकता नभए मतदाता नामावली र पार्टी दर्ता कसरी भयो ? - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

रविले आयोगलाई भने- नागरिकता नभए मतदाता नामावली र पार्टी दर्ता कसरी भयो ?



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफ्नो नागरिता विवादमा निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्। आयोगले लामिछानेलाई सात दिनको म्याद दिँदै स्पष्टिकरण सोधेको थियो । आज अन्तिम दिन उनले स्पष्टिकरण बुझाएका हुन्

लामिछानले मंगलबार चितवन–२ का मुख्य निर्वाचन अधिकृत हृतेन्द्र थापामार्फत आफ्नो स्पष्टीकरण बुझाएका हुन्। लामिछानले मंगलबार अपराह्न ४ बजे स्पष्टीकरण बुझाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

लामिछानेविरुद्ध निर्वाचनअघि नागरिकताका विषयमा उजुरी दर्ता भएको थियो। आयोगमा बुझेको स्पष्टिकरणमा लामिछानेले आफ्नो नागरिकताबारे कुनै विवाद नभएको बताएको उनी निकट एक नेताले बताए । स्पष्टिकरणमा लामिछानेले आयोगलाई उल्टै प्रश्न गरेको छ ।

सोही नागरिकताको आधारमा निर्वाचन आयोगले मतदाता नामावली दिएको र पार्टी दर्ता गरेको भन्दै उनले आफ्नो नागरिकताबारे बेला बेला विभिन्न प्रश्न उठ्ने गरेको यी विषय समाधान भैसकेको बताएका छन् ।

लाामिछानेले आयोगलाई नागरिकता विवादको सन्दर्भमा आफ्नो स्पष्टीकरणमा आफूसँग विदेशी नागरिकता वा दोहोरो नागरिकता कुनै नरहेको दाबी गरेका छन्।

उनले यसअघि नै आफूले आफ्नो अमेरिकी नागरिकता बुझाएको उनले उल्लेख गरेका छन्। बुधबार आयोगको केन्द्रीय कार्यालय पठाएपछि मात्रै स्पष्टीकरणको खाम खुल्ने थापाको दाबी छ। लामिछानको नागरिकता विवादमा निर्वाचन आयोगको पदाधिकारी बैठकले निर्णय गर्नेछ।

उनले नागरिकता गलत रुपमा लिएको ठहर भएमा उनको उम्मेदवारी खारेज हुनेछ। यदि लामिछाने विजयी भएपनि उनको उम्मेद्वारी खारेज हुँदै उपनिर्वाचन हुनेछ।