निर्वाचन आयोगद्वारा सरकारलाई तीन अर्ब फिर्ता - Himal Post Himal Post
  • २७ आश्विन २०८१, आईतवार
  •      Sun Oct 13 2024
Logo

निर्वाचन आयोगद्वारा सरकारलाई तीन अर्ब फिर्ता



काठमाडौं- निर्वाचन आयोगले सरकारलाई तीन अर्ब फिर्ता गरेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बचेको रकम आयोगले फिर्ता गरेको हो ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो । स्थानिया तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ ।

जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकरालाई फिर्ता गरेको जानकारी दिएको छ । आयोगले सरकारसँग ८ अर्ब ११ करोड माग गरेको थियो ।