डेंगु भएपछी निरुता सिंहले लेखिन भावुक स्टाटस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डेंगु भएपछी निरुता सिंहले लेखिन भावुक स्टाटस



मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ टीम यतिबेला मोफसल यात्रामा दौडिएको छ ।

टीमले विभिन्न सहरमा कन्सर्ट, पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी गराइरहेको छ । तर मोफसल यात्रामा चलचित्रकी मुख्य अभिनेत्री निरुता सिंह उपस्थित छैनन् । केही समयदेखि बिरामी उनि मुम्बईमा उपचाररत छिन् ।

उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छिन्, ‘मलाई आज कसैले सोधे ‘तिमीले जीवनमा सबैभन्दा धेरै मिस गरेको पल कुन हो ?’ भनेर । मेरो जवाब हुनेछ ‘दाल भात तरकारी को प्रचार प्रसार पल’…म बिरामी भएको कारण ले गर्दा हाम्रो चलचित्र ‘दाल भात तरकारी’ को प्रचार प्रसार कार्यक्रम मा सामील हुन सकिन । तर मलाई विश्वाश छ कि म चाड़ो भन्दा चाड़ो निको भएर यो प्रचार प्रसार कार्यक्रम मा सामील हुनेछु भनेर । जय दर्शक, जय नेपाली चलचित्र, जय दाल भात तरकारी, प्रदर्शन हुने दिन ‘वैशाख २० गते ।’

लामो समयपछि नेपाली चलचित्रमा फर्किएकी निरुता नेपालमा रहँदा रुघा खोकी लागिरहने र औषधिले पनि काम नगरेपछि मुम्बई फर्किएकी थिइन् । मुम्बई गएर स्वास्थ्य जाँच गराउँदा डाक्टरले डेंगु भएको बताएका थिए ।