उही बहिनी निर्मलाको, सराप लाग्ला सरकार !  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

उही बहिनी निर्मलाको, सराप लाग्ला सरकार ! 



-दिब्यान्त जोशी

न्याय दिन अबेर भए , पाप लाग्ला सरकार !
उही बहिनी निर्मलाको, सराप लाग्ला सरकार !!

एक नारीले न्याय पाउन , सयौँ दिन कुर्नुपर्दा ।
निर्धो देशकी नारी भन्ने, छाप लाग्ला सरकार !

उँ जस्ती कति चेली , खरानी भई जलेका छन् ।
फेरि अर्की सरस्वतीको राप लाग्ला सरकार !

आमा बुबा अभिभावक नेपालीको आशा तिमी ।
तिम्रै विश्वास हड्दा अफसोस, खराब लाग्ला सरकार !

लोकतन्त्रकै देश हाम्रो, न्याय शब्द नभेटिँदा ।
देश बचाउ भन्दै सबको चाप लाग्ला सरकार !

एक बाबु पागल भयो , निर्दोष बालक बलि चढ्यो ।
अपराधी नै तिमी भन्ने , गफगाफ लाग्ला सरकार

न्याय दिन अबेर भए , पाप लाग्ला सरकार !
उही बहिनी निर्मलाको, सराप लाग्ला सरकार !!

नारीलाई लक्ष्मी सरस्वती देवीको रूप मान्ने हाम्रो देशमा निर्मला बहिनी जस्तै धेरै चेलीहरूलाई अस्तित्वहिन बनाइएको छ । यो गजल उनै निश्छल चेलीहरूप्रति समर्पित छ । र सरकार समक्ष दोषीलाई छिटो भन्दा छिटो कड्घरामा ल्याउन र कडा कारबाही गर्न अनुरोध यसै कविताबाट गर्न चाहन्छु ।