निर्मलाका लागि न्याय माग्दै हिँडेका १२ जना पक्राउ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

निर्मलाका लागि न्याय माग्दै हिँडेका १२ जना पक्राउ



काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्यारालाई कारबाही र पीडितलाई न्याय दिन भन्दै सरकारलाई दबाब दिन सरकारविरुद्ध उत्रेका प्रदर्शनकारीलाई प्रहरीले शुुक्रबार पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूले सरकारलाई दबाब दिन भन्दै बिजुलीको पोललगायतमा तस्बिर टाँस्दै हिँडेका थिए । प्रहरीले १२ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा सामाजिक अभियन्ता प्रितम सुवेदीसहित भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनीलगायत छन् ।

प्रहरीले उनीहरुलाई माइतीघर मण्डलबाट पक्राउ गरेको हो । पक्राउ उनीहरूलाई सिंहदरबारस्थित प्रहरी वृत्त लगिएको छ । तस्वीर : हाम्रा कुरा