निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमान : प्रधानमन्त्री ओली



कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रककरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरे ।

‘सम्पूर्ण प्रमाण नष्ट गरिएकाले अनुसन्धानमा ढिलाइ भएको हो, अनुमानका भरमा कसैलाई किटान गर्न भएन,’ सुदूरपश्चिम प्रदेशसभामा बुधबार सम्बोधन गर्दै ओलीले भने,‘ऋषिमुनिका सन्तान हामी, अहिले हाम्रै समाजमा बलात्कारजस्ता जघन्य अपराध हुने कुार सहन नसकिने विषय हुन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ।