निर्मलाकी आमाले बुझिन १८ लाख - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निर्मलाकी आमाले बुझिन १८ लाख



काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमाले सरकारले दिने भनेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । दुई छोरीको भविष्यको लागि भन्दै सरकारले निर्मलाको परिवारलाई क्रमस (स्थानीय ३, प्रदेश ५ र संघीय १० लाख) गरी कुल १८ लाख रुपैयाँ राहत निर्मलाकी आमा दुर्गाले बुझेकी हुन् । सरकारले घोषणा गरेको राहत बारेमा यसअघि निर्मलाको बुबा, आमाबीच विवाद बढेको थियो । निर्मलाको परिवारले वास्तविक हत्यारा सार्वजनिक नहुँदासम्म राहत नबुझ्ने अडान लिदै आएका थिए ।

संघीय सरकारले दिएको १० लाख रुपैयाँ फागुन महिनामा, सुदूरपश्चिम प्रदेश सरकारले दिएको पाँच लाख जेठ पहिलो सातामा र स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख वैशाख महिनामा बुझेकी छिन् । तीनै सरकारबाट प्राप्त भएको रकम निर्मलाकी आमा दुर्गाको खातामा जम्मा गरिएको छ ।

‘गत साउन १० मा साथिको घरमा गृहकार्य गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको ११ साउनमा बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।