निर्मलाको पन्तको हत्यारालाई पक्राउ नगरेको भन्दै कन्चनपुरमा फेरि आन्दोलनको घोषणा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

निर्मलाको पन्तको हत्यारालाई पक्राउ नगरेको भन्दै कन्चनपुरमा फेरि आन्दोलनको घोषणा



कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएको चार महिना बितिसक्दा पनि बलात्कार गरि हत्या गर्नेलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै कञ्चनपुरमा फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

चार महिना बितिसक्दा पनि प्रहरीले बलात्कारी र हत्यारालाई पक्राउ गर्न नसकेको र निर्मलाले न्याय नपाएको भन्दै कञ्चनपुरबासीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

शनिबार नागरिक संघर्ष समितिले सार्वजनिक गरेको चार दिने आन्दोलनका कार्यक्रम अन्तरगत सोमबार र मंगलबार सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मूलगेटमा कालोपट्टी बाँधेर धर्ना दिने , बुधबार न्यायका लागि दिउँसै टर्च बालेर आन्दोलन गर्ने र बिहीबार मानव साङ्लो बनाउने लगायतका कार्यक्रमहरु रहेका छन् ।