२०७६ जेष्ठ १२, आइतवार

निर्मला काण्डमा नयाँ ट्विस्ट, दुर्गादेवीको सनसनीपूर्ण खुलासा

March 14, 2019
75 Views

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या घटनामा नयाँ ट्विस्ट देखिएको छ । अपराधी आफ्नै घरवरिपरी घुमिरहेको भन्दै दुर्गादेवी पन्तले पक्राउ गर्न भनेकी छन् ।

निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताएपनि अहिले आएर उनै बिष्टमाथि शंका गरेकी छन् । न्यायनिसाफका लागि प्रहरीसँग मुठभेडसमेत गर्दै र आन्दोलनमा दर्बिलो साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरुको समेत दूर्गादेवीले आलोचना गरेकी छन् ।

अहिले अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टको पक्षमा दूर्गादेवी उभिएकी छिन् ।दिलिपसिंह विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्ष मा पुगेको दूर्गादेवीको तर्क रहेको छ । प्रहरीले लापरवाही गरेको भन्ने भ्रम आफूमा रहेको तर वास्तविकता बुझ्दा घटना अर्कै भएको दुर्गादेवीको भनाइ छ ।

दूर्गादेवीले दिलिप विष्टलाई प्रहरीले पुनः पक्राउ गर्नुपर्ने र जेल हाल्नुपर्ने मागसमेत गरेकी छन् । विष्टका विरुद्ध किटानी जाहेरी दिने पक्षमा दुर्गादेवी रहेकी छिन् ।

Facebook Comments

सम्बन्धित खवर

पक्राउ परे हतियार बाेकेर नेपाल छिरेका भारतीय प्रहरी
समाचार
0 shares6 views
समाचार
0 shares6 views

पक्राउ परे हतियार बाेकेर नेपाल छिरेका भारतीय प्रहरी

himal post - २०७६, १२ जेष्ठ ०७:५५

मकवानपुर– पशुपति मन्दिर दर्शन गर्ने निहुँमा हातहतियार लिएर पाेशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएकाे छ…

अब गाडी आयातमा नयाँ नियम – यस्तो छ तयारी
पत्रपत्रिका
0 shares17 views
पत्रपत्रिका
0 shares17 views

अब गाडी आयातमा नयाँ नियम – यस्तो छ तयारी

himal post - २०७६, १२ जेष्ठ ०७:२४

काठमाडाैं । सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक…

बालुवाटार जग्गा काण्डको नयाँ रहस्य
पत्रपत्रिका
0 shares8 views
पत्रपत्रिका
0 shares8 views

बालुवाटार जग्गा काण्डको नयाँ रहस्य

himal post - २०७६, १२ जेष्ठ ०७:१३

काठमाडौं – मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजाले ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा प्रधानमन्त्रीदेखि खरिदारसम्म…