के हुँदैछ निर्मला पन्त हत्याकाण्ड ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

के हुँदैछ निर्मला पन्त हत्याकाण्ड ?



काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले धर्ना स्थगित गर्ने भएका छन् । उनीहरूले हत्याराको पहिचान र कारबाहीको माग गर्दै गत २५ कात्तिकबाट जिल्ला प्रशासन कार्यालयको गेटअगाडि २४ घण्टे धर्ना सुरु गरेका थिए ।

१०३ दिनसम्मको लगातारको धर्नाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरूले १० फागुनबाट धर्ना स्थगित गर्न लागेको अधिकारकर्मी शारदा चन्दले बताएकी छन् । निर्मलाका बुबा यज्ञराजलाई धर्नाकै क्रममा मानसिक अवस्था असन्तुलित हुन पुगेको थियो । त्यसपश्चात् उनी डिप्रेसनको औषधि प्रयोग गर्दै आएका छन् । कान्छी आमा लक्ष्मीमा समेत टाउको दुख्ने, शरीर सुन्निनेलगायतका समस्या देखिएका छन् ।

गत १० साउनमा साथीको घर जान भनी निस्किएकी निर्मला उखुबारीमा मृत फेला परेकी थिइन् । विभिन्न चरणमा भएका अनुसन्धानसमेतले निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।