निर्मला हत्या प्रकरण:मुद्दामा बयान सकियो ,विष्ट र जिसी फरार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निर्मला हत्या प्रकरण:मुद्दामा बयान सकियो ,विष्ट र जिसी फरार



काठमाडौं । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस शुरु भएको छ ।

सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको छ । कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टसहित आठ जनाविरुद्ध सरकारी वकिलको कार्यालयबाट गत बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

बिहिबार विहान न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो । डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहिबारदेखि नै अदालतमा बयान लिन शुरु गरिएको थियो ।