निर्दयी छोरो जसले ७२ वर्षीय बाबु आमालाई खुर्पाले हानेर मार्‍यो - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

निर्दयी छोरो जसले ७२ वर्षीय बाबु आमालाई खुर्पाले हानेर मार्‍यो



बुटवल: रुपन्देहीमा एक युवाले आमा बाबुको हत्या गरेका छन्। ओमसतिया गाउँपालिकाका २८ वर्षीय गोरख यादवले आफ्नै आमा र बाबुको हत्या गरेको अभियोगमा शनिबार पक्राउ परेका हुन्।

२८ वर्षीय यादवले घरमा बसिरहेको अवस्थामा आफ्नो ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा ठगना यादवको खुर्पा प्रहार गरेर हत्या गरेको भन्दै पक्राउ परेका हुन् ।

घटनामा ५२ वर्षीय दाजु जोगिन्द्र यादवमाथि पनि उनले खुर्पा प्रहार गरेर घाइते बनाएका छन् ।

जोगिन्द्रको पनि बायाँ हातमा चोट लागेको छ । उनको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तले पहिले बावुको र पछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । बावुको घटनास्थलमै मृत्यु भएको हो भने आमाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

आमामाथि खुर्पा प्रहार गर्दा दाजुले जोगाउन खोज्दा दाजुमाथि पनि खुर्पा प्रहार गरी घाइते बनाएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीले यादवको मानसिक सन्तुलन बिग्रिएर औषधि सेवन गर्दै आएको प्राराम्भिक अनुसन्धानमा खुलेको उनले बताएको छ ।

प्रहरीका अनुसार खुर्पा प्रहार गर्ने यादवलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको छ । मृतकहरुको शवलाई पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।