नीलाम्बरलाई भुटानको पनि जिम्मेवारी - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

नीलाम्बरलाई भुटानको पनि जिम्मेवारी



काठमाडौँ – नेपाल सरकारले भुटानका लागि गैरआवसीय नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई  नियुक्त गरेको छ ।

सोमबार राष्ट्रपति भण्डारीले भारतका लागि नेपालको आवसीय राजदूतसमेत रहनुभएका आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको हो ।