निकै पछि परे शेखर कोइराला - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

निकै पछि परे शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतगणना जारी छ। अहिले सवा ११ बजेदेखि मतगणना शुरु भएको हो। मतगणनाको पछिल्लो नतिजाअनुसार शुरुदेखि अग्रता कायमै राखेका शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो विवरणअनुसार १८ सय मत गणना गर्दा देउवाले १ हजार ४० मत पाएका छन् भने डा शेखर कोइराला निकै पछि पर्न थालेका छन्। उनले मात्र ७४१ मत पाएका छन्।

यसैबीच मतदानस्थल बाहिर देउवाको पक्षमा नारा लाग्न थालेको छ। नेता तथा कार्यकर्ताको उपस्थिति बढ्न थालेको छ। देउवाको पक्षमा रौनकता बढ्न थालेको छ।