रेनुको मतान्तर ह्वात्तै बढ्यो, निकै पछि परे विजय - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

रेनुको मतान्तर ह्वात्तै बढ्यो, निकै पछि परे विजय



काठमाडौँ- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्तारु गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् ।

३०२५२ मतगणना हुँदा रेनुले ११०९० मत पाएकी छन् । एमालेका विजय सुवेदीले ९०९० मत पाएका छन् । पछिल्लो परिणाम अनुसार रेनु र विजयको मतान्तर २००० छ ।

सत्ता गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४९५८ मत पाएका छन् । ​उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३२४५ मतसहित अग्रता कायमै राखेका छन् । एमालेकी हिमला गुरुङले ७३७१ मत पाएकी छन् ।