बच्चा निजी स्कूलमा पढाएर, बिद्यार्थी नेता निजिकै बिरोध गर्दै ! - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

बच्चा निजी स्कूलमा पढाएर, बिद्यार्थी नेता निजिकै बिरोध गर्दै !



काठमाडौँ । भानिन्छ नि ‘राजनीतिमा जे पनि हुन्छ’ हो राजनीतिमा जे पनि हुन्छ भन्ने कुराको अर्को उदाहरण यो पनि हो कि विद्यार्थी नेताहरूले आफ्नै सन्तानलाई निजी स्कुलमा पढाएर निजी विरुद्ध नै धावा बोल्दै छन् । यहाँ निजी विद्यालयको सपोर्ट गरिएको हैन, हामीले विद्यार्थी नेताहरूको भनाई र गराई के ठिक भन्ने प्रमाणित गर्न मात्र खोजेका हौँ ।

नेपालमा विद्यार्थी आन्दोलन राजनीति परिवर्तनमा ऐतिहासिक छ । हिजो पंचायतकालमा बाहिर खुल्ला रूपमा राजनैतिक गतिविधिहरू गर्न नपाउने अवस्थामा नेपालका राजनैतिक नेताहरू र विद्यार्थीहरूले शैक्षिक स्थलहरूलाई राजनीति गरेर प्रजातान्त्रिक आन्दोलनको उठान गरेका हुन् । विद्यार्थी राजनीतिले देशमा भएका विभिन्न आन्दोलनहरूमा अहम् भूमिका खेलेको कुरा सर्वाबिधितै छ । चाहे २००७ सालको क्रान्ति होस् या २०४६ को जनआन्दोलन , त्यसपछि २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्ध र त्यसैको आधारमा सम्पन भएको २०६२/६३ को जनआन्दोलनमा विद्यार्थीको भूमिका अहम् रह्यो ।

२०६३ पछिको विद्यार्थी आन्दोलन पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा खुम्चियो, पटक पटक हुने मूल्यवृद्धिमा विद्यार्थीहरू सडकमा आउने क्रम यस अघिका ५/७ वर्ष खुबै चल्यो । १/२ वर्ष यता यस्ता आन्दोलनमा विद्यार्थीको सङ्ख्या हत्तै घटे पछि आफ्नो राजनीतिक पदको दुरुपयोग गर्दै कहलिएका बोर्डिंग स्कुलमा छोराछोरी पढाउने अवसर पाएका विद्यार्थी नेताहरू तिनै स्कुलको फी घटाउने एजेन्डामा सामाजिक सञ्जालमा फोटो प्रदर्शन गर्दै चर्चित हुने महान् उधेश्य बोकी विभिन्न घेराउ तथा ज्ञापन पत्र बजाउने कार्यमा तल्लीन छन्।

अर्कोतिर देशमा सञ्चालित सामुदायिक विद्यालयहरू जहाँ वर्ष भरिकै एकाध हजारमा पढ्न सकिन्छ । ती विद्यालयहरू विद्यार्थीको प्रखाईमा एकपछि अर्को गरी बन्द हुँदै छन् । ती विद्यार्थी नेताहरू जसले आफ्ना सन्तानको लाखौँ शुल्क घटाउने आन्दोलन गर्दै आएका छन् , तिनका सन्ततिले यस्ता सामुदायिक विद्यालयमा पढाउँदा जातै जाने हो र ?

अनेरास्ववियु

देशकै ठुलो पार्टी निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुका पदाधिकारी मध्ये अध्यक्ष नविना लामा , कार्यवाहक अध्यक्ष महेश बर्तौला र उपाध्यक्ष रश्मि आचार्यले भर्खरै विवाह सम्पन्न गरेका छन् । तर उपाध्यक्ष शैलेश लामाले एउटा संस्थाले सहयोग गरेको भन्दै बौद स्थित इस्पोल नामक बोर्डिंग स्कुलमा छोरालाई पढाउने गरेका छन् । यस्तै महासचिव ऐन महरले धापासी स्थित त्रियोग नामक बोर्डिंग स्कुलमा बच्चा पढाउने गरेका छन्।

ने.वि सङ्घ

देशमा बीपीको समाजवाद लाई भज्दै पूजीबादको नेतृत्व गर्ने नेपाली काँग्रेसको भात्रृ सङ्गठन ने.वि सङ्घ का अध्यक्ष नैन सिंह महरले देशकै पूजिपतिले मात्रै आँट गर्ने सक्ने ललितपुरको St. Xavier’s School मा बच्चा पढाउने गरेका छन् । यस्तै उपाध्यक्ष पवन यादव , सागर परियार , खडक डाँगी र महामन्त्री कुन्दन काफ्ले अविवाहित हुन्।

यसै गरी उपाध्यक्ष सञ्जय यादव, पुष्प शाह र महामन्त्री सरोज कुमार थापाका बच्चा छैनन् , अन्य उपाध्यक्षहरूमा राम प्रसाद अधिकारी , डील्ली सुबेदी , प्रकाश राना , उर्मिला थपलिया , नवीन राई , विकास केसी र महामन्त्री अन्नद राज त्रिपाठीका छोराछोरी सबै मन्टेशोरी र बोर्डिंग स्कुलमा पढिरहेका छन्।

अखिल (क्रान्तिकारी)

देशमा सर्वहारा वर्गको दुहाई दिँदै निजीकरणको विरुद्धमा बन्दुक उठाउन सम्म पछि नपरेको माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का अध्यक्ष रंजित तामांग उपाध्यक्ष सुरेन्द्र बस्नेत , दीपक देवकोटा र पंचा सिंहले पूजीबादको अखडा St. Xavier’s School /st. mary’s मा बालबच्चा पढउदै आएका छन् । त्यस्तै गरी उपाध्यक्षहरू तिलकराज भण्डारी र विजय गौतमका बच्चा बाश्नेवर स्थित रोज बर्ड बोर्डिंग स्कुलमा र महासचिव उत्तम अधिकारीको बच्चा बालाजु स्थित बलबाटिका बोर्डिंग स्कुलमा पढ्दै आएका छन् । यस मध्ये उपाध्यक्षहरू दिपेस पुन , इन्द्र भुसाल र रवि किरण यादव अविवाहित हुन्।