निजी विद्यालयमा ब्रह्मलुटः कक्षा १ को भर्ना फी ८८ हजार ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निजी विद्यालयमा ब्रह्मलुटः कक्षा १ को भर्ना फी ८८ हजार !



काठमाडौं – नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् ।

शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् ।

स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुसी शुल्क असुलिरहेका हुन् ।

अधिकांश नाम चलेका र ठूला भनिएका स्कुलले भर्ना शुल्क आधा लाख रुपैयाँको हाराहारीमा असुली रहेका छन् ।

काठमाडौ.मा रहेको पाठसाला स्कुलले कक्षा १ मा नयाँ भर्नाका लागि ८८ हजार रुपैयाँ शुल्क तोकेको छ ।

पाठशालाले कक्षा १ को शिक्षण शुल्क ९ हजार मासिक र मासिक शुल्क १३ हजार रुपैयाँ लिने निर्णय गरेको छ ।

काठमाडौं धापासीमा रहेको त्रियोग स्कुलले केजी तहमा भर्ना गर्दा एकमुष्ट ७१ हजार १ सय ७३ रुपैयाँ लिन्छ ।

सो तहमा शिक्षण शुल्क २ हजार ३ सय ६३ र मासिक शुल्क ९ हजार १ सय २० तोकिएको छ ।